अरुको कन्तविजोग हुँदा राधीको सेयर मूल्यले जोगायो जलविद्युतको इज्जत




काठमाडौं । नेप्सेमा सूचिकृत सम्पूर्ण जलविद्युत कम्पनीको सेयर मूल्य घटदो क्रमा रहँदा राधी विद्युत कम्पनीले भने जलविद्युत कम्पनीको इज्जत धानेको छ ।

सूचिकृत १९ ओटै कम्पनीको सेयर मूल्य घटिरहदा राधी जलविद्युत कम्पनीको मूल्य भने बढने क्रममा रहेको छ । अन्य जलविद्युत कम्पनीहरुको सेयर मुल्य गत बर्षदेखि नै घटेको देखिन्छ ।

यो विश्लेषणमा कम्पनीहरुले प्रदान गरेको बोनस एडजस्ट गरिएको छैन ।

गत साल चैत १२ गते राधी विद्युत कम्पनीको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता १ सय ५५ रुपैयाँ थियो । हाल सो कम्पनीको सेयर मूल्य दोस्रो बजारमा २ सय ७ रुपैयाँ कायम रहेको छ । उक्त कम्पनीको सेयर मूल्य ५२ रुपैयाँले बढ्न पुगेको हो ।

यस्तै, अपि पावर कम्पनीको सेयर मूल्य गत बर्षको असोज २२ मा दोस्रो बजारमा ५ सय ६० रुपैयाँ थियो । हाल सोही सेयरको मूल्य ३ सय १७ रुपैयाँले घटेर २ सय ४३ रुपैयाँ हुन पुगेको छ ।

अरुण कावेली पावरको सेयर मूल्य गत बर्ष असोज २२ मा दोस्रो बजारमा कित्ताको ३ सय १७ रुपैयाँ पथ्र्यो । हाल सोही सेयरको मूल्य प्रतिकित्ता ७५ रुपैयाँले घटेर २ सय ४२ कायम हुन पुगेको छ ।

अरुण भ्याली हाईड्रो पावर डेभलपमेण्टको सेयर मूल्य गत बर्ष असोज २२ मा प्रतिकित्ता दोस्रो बजारमा २ सय १४ रुपैयाँ थियो । हाल सोही कम्पनीको सेयर मूल्य ८२ रुपैयाँले घटेर १ सय ३२ कायम हुन पुगेको छ ।

बरुण हाईड्रो पावर कम्पनीको सेयर मूल्य गत बर्ष असोज २२ गते दोस्रो बजारमा प्रतिकित्ता २ सय १४ रुपैयाँ रहेको थियो । हाल सोही कम्पनीको सेयर मूल्य प्रतिकित्ता दोस्रो बजारमा ८९ रुपैयाँले घटेर १२५ कायम हुन पुगेको छ ।

बुटबल पावर कम्पनीको सेयर मूल्य गत बर्ष असोज २२ गते दोस्रो बजारमा ६ सय १५ रुपैयाँ कायम थियो । हाल सोही कम्पनीको सेयरको मूल्य प्रतिकित्ता १ सय ४५ रुपैयाँले घटेर ४ सय ७० रुपैयाँ कायम हुन पुगेको छ ।

गत वर्ष असोज २२ गते च्याङदी हाईड्रो पावर कम्पनीको सेयर मूल्य १ सय ७३ रुपैयाँ थियो । हाल सो कम्पनीको सेयर मूल्य ६१ रुपैयाँले बढेर १ सय १२ कायम हुन पुगेको छ ।

चिलिमे हाईड्रो पावर कम्पनीको सेयर मूल्य गत बर्ष असोज २२ मा ८ सय २५ रुपैयाँ कायम थियो । हाल सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ सय ५ रुपैयाँले घटेर ७ सय २० कायम हुन पुगेको छ ।

दिव्यश्वरी हाईड्रोपावर कम्पनीको सेयर मूल्य दोस्रो बजारमा गत बर्ष असोज २२ मा १ सय ५८ रुपैयाँ कायम थियो । हाल सो कम्पनीको सेयर मूल्य ५८ रुपैयाँले घटेर १०० रुपैयाँ पुगेको छ ।

हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्य गत साल असोज २२ गते ३ सय ७२ रुपैयाँ कायम थियो । हाल सो कम्पनीको सेयर मूल्य १ सय २० रुपैयाँले घटेर २ सय ५२ रुपैयाँ कायम हुन पुगेको थियो ।

नेशनल हाईड्रो पावर कम्पनीको सेयर मूल्य गत बर्ष असोज २२ मा १ सय २९ रहेको थियो । हाल सो कम्पनीको सेयर मूल्य ४९ रुपैयाँले घटेर ८० रुपैयाँ कायम हुन पुगेको छ ।

खानिखोला हाइड्रो पावर कम्पनीको सेयर मूल्य गत बर्ष असोजमा दोस्रो बजारमा प्रतिकित्ता १ सय ६४ रुपैयाँ रहेको थियो । हाल सोही कम्पनीको सेयर मूल्य ६० रुपैयाँले घटेर १ सय ४ रुपैयाँ कायम रहेको छ ।

नेपाल हाईड्रो डेभलपर्स कम्पनीको सेयर मूल्य गत बर्ष कात्तिक २९ गते प्रतिकित्ता ३ सय २२ रुपैयाँ कायम थियो । हाल सो कम्पनीको सेयर मूल्य कित्ताको १ सय ८१ रुपैयाँले घटेर १ सय ४१ रुपैयाँ कायम हुन पुगेको छ ।

नाग्दी ग्रुप पावरको सेयर मूल्य गत बर्ष प्रतिकित्ता २ सय ३५ रुपैयाँ रहेको थियो । हाल सोही कम्पनीको सेयरमूल्य कित्ताको ८५ रुपैयाँले घटेर १ सय ५० रुपैयाँ कायम रहेको छ ।

राइर्याङ्ग हाईड्रो पावर कम्पनीको सेयर मूल्य गत बर्ष असार ७ गते बिहिबार २ सय ६६ रुपैयाँ कायम थियो । हाल सोही कम्पनीको सेयर मूल्य १३७ रुपैयाँले घटेर १ सय २९ रुपैयाँ कायम रहेको छ ।

रिडि हाईड्रो पावर कम्पनीको सेयर मूल्य गत बर्ष असोज २२ गते कित्ताको १ सय ५८ रुपैयाँ कायम थियो । हाल सो कम्पनीको सेयर मूल्य ४७ रुपैयाले घटेर १ सय ११ रुपैयाँ कायम हुन पुगेको छ ।

सानिमा माई हाईड्रो पावर कम्पनीको सेयर मूल्य गत बर्ष असोज २२ मा दोस्रो बजारमा ५ सय ३० रुपैयाँ रहेको थियो । हाल सो कम्पनीको सेयर मूल्य २ सय ३० रुपैयाँले घटेर ३ सय रुपैयाँ कायम हुन पुग्यो ।

सिनर्जी हाईड्रो पावर कम्पनीको सेयर मूल्य गत बर्ष असोज २२ गते दोस्रो बजारमा प्रतिकित्ता १ सय ६६ रुपैयाँ कायम थियो । हाल सो कम्पनीको सेयर मूल्य ५६ रुपैयाँले घटेर १ सय १० रुपैयाँ कायम हुन पुगेको छ ।

यस्तै, युनाईटेड मोदी हाईड्रपावर कम्पनीको सेयर मूल्य गत बर्ष असोज २२ गते २ सय ५० रुपैयाँ काय थियो । हाल सो कम्पनीको सेयर मूल्य १ सय ६२ रुपैयाँ कायम छ । सो कम्पनीको सेयर मूल्य ८८ रुपैयाले घट्न पुगेको हो ।

किन घट्यो त मूल्य ?
क्रिष्टल कन्चजंगामा भेटीएका एक लगानीकर्ता नवराज उप्रेति हाईड्रोपावर कम्पनीले बोनशमा कन्जुस्याई गरेकाले मूल्य घटन थालेको बताउँछन् ।

यस्तै, एशियन सेक्यूरिटिजमा भेटीएका एक लगानीकर्ता माधव खनाल राम्रोसँग बिजुली बेच्दै गरेको अवस्थामा लगानीकर्ता जलविद्युत तर्फ लाग्ने तर अहिले त्यो भन्दापनि बैंकको ब्याज निकै बढेकोले लगानीकर्ताको आकर्षण त्यतातिर बढी भएको बताउँछन् । खनालले लगानीकर्ताहरुले कम्पनीको अवस्था र आफ्नो नाफा हेर्ने दुवै हेर्ने भएकाले सेयर मुल्यमा असर पर्ने तर्क गरे ।


क्लिकमान्डु