राष्ट्र बैंकबाट आइएमएफ जाने पहिलो महिला कर्मचारी बनिन् रन्जना पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ) सहायक बैकल्पिक निर्देशक पहिलो पटक महिला कर्मचारीलाई पठाउने भएको छ ।
निकै नै आकर्षक तलब सुविधा प्राप्त हुने सहायक बैकल्पिक निर्देशकको रुपमा राष्ट्र बैंकमा उपनिर्देशक तहमा कार्यरत रन्जना पौडेल ( पन्डित) जाने मौका पाउने भएकी हुन् ।
आइएमएफमा पालो पालो गरेर आउने सहायक बैकल्पिक निर्देशकको रुपमा नेपाल राष्ट्र बैंकले पहिलो पटक महिला प्रतिनिधि पठाउने भएको हो । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले राष्ट्र बैंकमा उपनिर्देशक तहमा कार्यरत पन्डितलाई सहायक बैकल्पिक निर्देशकको रुपमा पठाउने निर्णय गरेका छन् ।
आकर्षक तलब सुविधाको दृष्टिकोणले यो पदमा जान राष्ट्र बैंकका निर्देशक तहसम्मका कर्मचारी निकै नै लालाहित हुन्छन् । २ वर्षे कार्यकालमा २ करोडभन्दा बढीको आम्दानी आइएमएफको सहायक बैकल्पिक निर्देशकले प्राप्त गर्न सक्छ ।
विगतमा निर्देशक तहको कर्मचारी आइएमएफको सहायक बैकल्पिक निर्देशकमा निर्देशक तहको कर्मचारी पठाउने गरिन्थ्यो । डा युवराज खतिवडा गभर्नर हुँदा यो प्रचलन तोडिएको थियो । खतिवडाले उपनिर्देशक रहेका आफ्ना ज्वाइ डा. रामशरण खरेललाई सहायक बैकल्पिक निर्देशक बनाएर पठाएका थिए ।
हालका गभर्नर नेपालले उपनिर्देशक तहमा कार्यरत रन्जना पौडेललाई सहायक बैकिल्पक निर्देशकको रुपमा पठाउने निर्णय गरेका हुन् ।
तलब सुविधा सहित करिअरको दृष्टिकोणले आइएमएफको सहायक बैकिल्पक निर्देशक पदमा जानु निकै महत्वपूर्ण मानिन्छ । हालका राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले आइएमएफमा सहायक बैकल्पिक निर्देशकको रुपमा काम गरिसकेका छन् ।