जगदम्बा ग्रुपको लगानी सिमेन्ट र स्टिलपछि इटा र टायलमा



काठमाण्डौ । जगदम्बा समूहमा आवद्ध उत्साही उद्यमीहरुले बेलायती र जर्मनी प्रबिधिद्वारा निर्मित गुणस्तरीय प्रि कास्ट निर्माण सामग्रीहरु बजारमा ल्याएका छन् ।

सिमेन्ट र स्टिलमा लगानी गर्दै आएका जगदम्बा समूहका उद्योगीहरुले जगदम्बा कंक्रिटो नामक उद्योगबाट ब्लक, ब्रिक, पेभरको साथसाथै अन्य प्रि–कास्ट बस्तुहरु जस्तै फ्ल्याग टायल्स, ससर ड्रेन, कर्भस्ट्रोन आदिको उत्पादन थालेका छन् ।

यस उद्योगद्वारा उत्पादित निर्माण सामाग्रीको प्रयोगले निर्माण लगानीमा १० देखि ७५ प्रतिशतसम्म बचत हुने कम्पनीले जनाएको छ ।

परम्परागत रुपमा उत्पादन हुने निर्माण सामग्री भन्दा निकै टिकाउ हुने, आकारमा एकरुपता भएको, उच्च गुणस्तरयुक्त विभिन्न प्रकारका आकारमा एकरुपता भएको, आकर्षक , प्रदुषण कम गर्ने उर्वर जमिनको खति नहुने, लागत कम लाग्ने जस्ता विभिन्न विशषताले भरिएका यस किसिमका उत्पादनहरु निर्माणका हरेक संरचनाहरुलाई अति उपयोगी हुने कंम्पनीले जनाएको छ ।

घर, हाउजिङ्ग, अपाट्रमेन्ट, सपिङ्गकम्पेक्स, होटल, बाटो, राजमार्ग, पार्क आदि जस्ता संरचनालाई आवश्यक हुने ईटा, ब्लक, पेभर, कर्भस्टोन, स्ल्याव आदि वस्तुहरुको प्रयोगले निर्माणको फिनसिङ्गमा गुणस्तरीयता तथा आधुनिकता पाउने कंम्पनीले विश्वास लिएको छ ।

साथै यस्ता बस्तुहरु विभिन्न गौरवमय आयोजनाहरुमा समेत प्रयोग गर्दा समय तथा खर्चको बचत हुने जनाइएको छ ।

कम्पनीका अनुसार यस उद्योगद्वारा उत्पादित विभिन्न वस्तुहरुको प्रयोग गर्दा संरचनाहरु आकर्षक देखिनुका साथै दीर्घकालीन रुपमा दिगो समेत हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु