जब उद्दार गर्न गएका सेनाकै घरमा चोरी भयो…



बाल्टिमोर । चोरहरु पक्रने सुरक्षा निकायमा आवद्ध व्यक्तिकै घरमा चोरी भयो भने के हुन्छ ? नेपालमा यस्ता घटनाहरु सामान्य हुन पनि सक्छ ।
तर अमेरिकामा भने हालै आएको एक सामुद्रिक तुफानको समयमा एक सुरक्षाकर्मीको घरमा चोरी भएको घटनाले अनौंठो मोड लियो ।

गत साता पुर्वीअमेरिकाको उत्तरी क्यारोलिनामा फ्लोरेन्स नामको तुफानले अस्तव्यस्त बनायो ।

४० जनाभन्दा बढीको ज्यान जानेगरी आएको तुफानको समयमा रिजर्बमा रहेका अमेरिकामा कोष्टगार्डमा कार्यरत लुईस ओकोम्पो नाम गरेका शैनिक सक्रिय उद्दारमा जुटे ।

जब उद्दार सकेर शुक्रबार उनी घर फर्किए उनी आफैं छाँगाबाट खसेजस्तो भए । किनभने उनको घरको टिभी, ल्यापटप देखि लिएर फ्रिजमा राखिएको खानेकुरा समेत चोरी भएको थियो ।

डरलाग्दो तूफानको कारण आएको उच्च बाढीबाट पिडितहरुको उद्दार गरेर घर पुगेका उनी आफैं पिडित बने । यस्ता विपत्तिको समयमा चोरीको घटना हुनु अमेरिकामा नौलो कुरा होईन । यस्ता सामानको बीमा समेत गरिने हुँदा क्षति पनि खासै आकडा गरिएन ।

तर, घटना नौलो त त्यती बेला भयो जतिबेला उनको चिनजान नै नभएकी एक छिकेकीले गो फण्ड नामक क्राउड फण्डिंग साईटबाट ओकोम्पोको चोरी भएको सामान किन्नको लागि भन्दै करिब १५ हजार डलर संकलन गरिन् । उनले लेखेको एक प्याराग्राफकै कारण करिब १२ घण्टामै सोचेको भन्दा करिब ३ गुणा धेरै रकम जम्मा भयो ।

यो रकम अब केही दिनमै उनले पिडित सुरक्षा गार्डलाई हस्तान्तरण गर्ने बताएकी छिन । उनले रातदिन नागरिकको उद्दारमा खटिएका व्यक्तिकै घरमा चोरी हुनु अमेरिकी नागरिककै लागि लाजमर्दो भएको भन्दै पोष्ट गरेकी थिईन ।

हाम्रै नेपालमा सुरक्षाकर्मी भनेपछि खासै राम्रो दृष्टिकोणबाट हेरिदैन । पछिल्ला समयमा भएका विवादित घटनाक्रमले त अझै सुरक्षा निकायको साख खस्किदो छ ।

तर अमेरिकामा भने सुरक्षा निकायमा काम गर्नेहरुलाई भगवान सरह मान्ने गरिन्छ । उनीहरुको सम्मानमा अमेरिकामा धेरै स्टोरहरुले सामान खरिदमा छुट दिनुको साथै स्थानीयहरुले पनि उच्च महत्व दिने गरेका छन । पछिल्लो उदाहरणले त्यसको पुष्टि गरेको छ ।


पुष्प दुलाल