शिखरले बजारमा ल्यायो १ सयभन्दा बढी मोडलका जुत्ता



काठमाण्डौ । शिखर सुजले नजिकिँदै गएका बडादशैं, तिहार, छटलगायतका चाडबाडलाई लक्षित गरेर १ सय भन्दा बढी नयाँ डिजाइनका जुत्ता बजारमा ल्याएको छ ।

शिखरले युवायुवती, स्कुले विद्यार्थी, कामकाजी ब्यक्तित्वहरुलाई लक्षित गरेर हरेक सिजनमा नयाँ डिजाइनका जुत्ता उत्पादन गर्दै आएको छ । दशैं तिहार नयाँ कपडा र जुत्ता किन्ने अबसर पनि भएकाले ग्राहकलाई उनीहरुको रोजाइ अनुसारको जुत्ता उपलब्ध गराएको कम्पनीले बिज्ञप्ति मार्फत जनाएको छ ।

नयाँ जुत्तामा पार्टी सुजका २५ भन्दा बढी डिजाइन, स्पोर्टस् सुजका २५ भन्दा बढी डिजाइन, क्याजुअल सुजका २५ भन्दा बढी डिजाइन र अन्य जुत्ताका २५ भन्दा बढी डिजाइन छन् ।

शिखरले लेडिज तथा जेन्स स्यान्डल, पार्टी शु, कलेजरस्कुल शु, अफिसियल शु, क्याजुअल शु र स्पोर्टस्लगायतका जुत्ता बजारमा ल्याएको छ । शिखरले राजधानीलगायत देशैभर आफ्नै सोरुम र वितरकहरुमार्फत जुत्ता बेच्दै आएको छ ।

उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ४ हजारभन्दा बढी व्यक्तिले रोजगारी पाइरहेका छन् । उद्योगले काठमाडौं र विराटनगरमा शुकन्भेयर मेसिन, पियू (पोली युरेथेन) मेसिन र डिएमएस (बुट बनाउने) मेसिनलगायतका स्वचालित प्लान्ट राखेर जुत्ता उत्पादन गर्छ ।

कम्पनीले ग्राहकलाई ढुक्क भएर जुत्ता लगाउन सक्ने गरी आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टीसमेत दिदै आएको छ ।


क्लिकमान्डु