मन्त्रालयका कामबारे मुख्यमन्त्रीको चासो, कानून निर्माण र सही तरिकाले बजेट खर्च गर्न निर्देशन



हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफू मातहका मन्त्रालयहरुले हालसम्म गरेका कामबारे जानकारी लिएका छन् । प्रदेश सरकार गठन भएपछी मन्त्रलायले गरेका कामहरुको विषयमा समीक्षा तथा छलफल गरेका हुन् ।

प्रदेशका सातवटै मन्त्रालयले अहिलेसम्म कानुन निर्माण, प्रदेशका मन्त्रालयहरुले हालसम्म बजेट खर्च गर्ने तयारीका बिषयमा छलफल भएको हो । मुख्यमन्त्री पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका सबै मन्त्री, राष्ट्रिय नीति तथा योजना आयोग तथा मन्त्रालयका सचिबहरुको उपस्थितमा रहेको थियो ।

बैठकमा मुख्यमन्त्री पौडेलले चालु आर्थिक बर्षमा सबै मन्त्रालयमा छुट्टाएका बजेट खर्च गर्न र कानून निर्माण गर्नका लागि तदारुकता देखाउनका लागि मन्त्री तथा सचिबहरुलाई निर्देशन दिए ।

आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार मन्त्री केशब स्थापित, सामाजिक बिकास मन्त्री युवराज दुलाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, ३ नम्बर प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल मन्त्रालयका सचिवहरु लगायतकाको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु