धुलिखेलका मेयर नेपाल नगरपालिका संघको अध्यक्षमा निर्वाचित, ४६ सदस्यीय कार्यसमितिमा को को परे ?




काठमाण्डौ । नेपाल नगरपालिका संघको अध्यक्षमा धुलिखेल नगरपालिका मेयर अशोककुमार ब्याञ्जु श्रेष्ठ निर्वाचित भएका छन् ।

काठमाण्डौमा सम्पन्न संघको छैठौं राष्ट्रिय सम्मेलनबाट ब्याञ्जु पुनः अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन् ।


सम्मेलनले संघको उपाध्यक्षमा बेलकोटगढी नगरपालिकाकी उपमेयर कविता ढुंगानालाई निर्वाचित गरेको छ भने महासचिवमा धादिङ जिल्लाको निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना चयन भएका छन् ।

यसैगरी, उपमहासचिवमा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह, कोषाध्यक्षमा दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे र सहकोषाध्यक्षमा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

सम्मेलनले सातै प्रदेशमा प्रदेश संयोजकसमेत तोकेको छ । प्रदेश नं १ मा इलाम नगरपालिका प्रमुख महेश बस्नेत, प्रदेश नं २ मा परोहा नपा रौतहटका प्रमुख शेख वकिल, प्रदेश नं ३ मा भीमेश्वर नपाका प्रमुख भरत केसी, गण्डकी प्रदेशमा पालुङटार नपाका प्रमुख दीपकबाबु कँडेल, प्रदेश नं ५ मा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराजा सुवेदी, कर्णाली प्रदेशमा नारायण नपा दैलेखका प्रमुख रत्नबहादुर खड्का र प्रदेश नं ७ मा पाटन नपा दैलेखका प्रमुख केशरबहादुर चन्दलाई चयन गरेको छ ।

सम्मेलनले राप्ती नगरपालिका चितवनका प्रमुख प्रभा बरालको संयोजकत्वमा १४ सदस्यीय महिला विभाग गठन गरेको छ । सम्मेलनमा ६ महानगर, ११ उपमहानगर र २७६ नगरपालिकाका प्रमुख र उपप्रमुख गरी ५४६ जनाको सहभागिता थियो । यसअघि सङ्घको अध्यक्षमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल रहेका थिए ।

सम्मेलनले ४६ सदस्यीय समिति निर्वाचित गरेको छ । संघका निर्वाचित पदाधिकारी र सदस्यहरुको नामावली निम्नानुसार छ :


क्लिकमान्डु