नाडा र वाडाबीचको अन्तरक्रियामा यी विषयमा भयो छलफल



पोखरा । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आफ्नो चौथो कार्यसमिति बैठक उपत्यका बाहिर पोखरामा आयोजना गरेको छ ।

पोखरामा उक्त बैठक आयोजना गरिएको हो । कार्यसमिति बैठकपछि पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा)सँग अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रमले स्थानीयस्तरमा बसेर कसरी ब्यवसाय सञ्चालन भइरहेको छ । ती ब्यवसाय संचालनको दौरान कस्ता समस्या झेल्नु परेको छ । के कस्ता समस्या प्रदेश सरकार र कस्ता समस्या केन्द्रीयतवरबाट समाधान गर्ने भन्ने विषयमा लामो अन्र्तक्रिया भएको थियो ।

वाडाका अध्यक्ष कालिदास पौडेलको नेतृत्वमा भएको उक्त अन्र्तक्रिया कार्यक्रमा अधिकाँस ब्यवसायीले स्थानीय सरकारले लगाएको कर, बजेटले सवारी साधनमा बढाएको कर, पोखरामा अटो भिलेज निर्माण, नाडा अटो शो पोखरामा गर्नु पर्ने जस्ता बिषयको उठान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश साँसद बिन्दु थापाले गण्डकी प्रदेश सरकारले जनतामा कुनै किसिमको कर नलगाएको जानकारी दिदै यदि यस्ता कर सरकारले लगाउन खोजे आफुहरु त्यसको विपक्षमा उभिने जानकारी दिए । उनले विकास निर्माणको काम अगाडी बढिरहेको जानकारी दिदै ब्यवसाय मैत्री वातावरण निर्माणमा आफुहरु लाग्ने जानकारी दिएका थिए ।

नाडा र वाडाबीचको सम्बन्धको बिस्तारको बिषयमा बोल्दै नाडाका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद दुलालले भने‘नाडाले सबै प्रदेशमा रहेर अटोमोवाईल क्षेत्रसँग जोडिएर ब्यवसाय गर्ने ब्यवसायीको हक र हितमा काम गर्ने हँुदा सबै प्रदेशमा आफ्नो उपस्थिति गराउने कार्य अगाडि बढेको छ ।

संघीय सरकारसँग गर्नुपर्ने कामको लागि नाडाले पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्छु । त्यसैगरी उनले यो क्षेत्रको विकासमा सबै मिलेर काम गर्नु पर्ने बताउँदै पोखरा क्षेत्रमा रहेका पर्यटकिय गन्तब्यमा सामुहिक पहलमा सार्वजनिक यातायात सेवा बिस्तार गर्न सुझाव दिए ।


क्लिकमान्डु