विराटनगरमा प्रधानमन्त्रीले भने–नेपालमा लगाइएको कर संसारमै सस्तो
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कर लगाउने अधिकार भए पनि जनताले धान्न सक्ने गरी कर लगाउनुपर्नेमा जोड दिएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालमा लगाइएको कर संसारमै सस्तो भएकोे बताए ।
उनले राजश्व र करका विषयमा अपव्याख्या गरेर जनतालाई भ्रम फैलाउन नहुने बताउँदै जे कुरा गर्दा पनि विरोध गर्ने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिए । रासस