सकियो टाटा मोटर्स कार मेला, ९८ जनाले गरे कार बुकिङ
काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बार्षिक रुपमा आयोजाना गर्दै आइरहेको टाटा मोटर्स कार मेलाको सिजन–६, सफलताका साथ आइतबार बेलुका सम्पन्न भएको छ्र ।
३ हजार भन्दा बढी दर्शकले अबलोकन गरेको सो कार मेलामा अबलोकनाकर्ताहरुले टाटाका विभिन्न कारबारे जानकारी लिई टेस्ट ड्राइभ लगायत मनोरन्जनात्मक कार्यक्रममा सहभागी भएका थिए ।
आयोजक सिप्रदी ट्रेडिङका अनुसार सो कार मेलामा उपस्थित दर्शकमध्ये ६०० भन्दा बढीले टाटाका विभिन्न मोडलका गाडीको टेस्ट ड्राइभ गरेका थिए । जस मध्ये ९८ जनाले बुकिङ गरेका छन् । ४५० भन्दा बढी दर्शकले एक्सचेन्जका लागि आफ्नो पुरानो गाडीको मुल्याङ्कन गराए ।
कार मेला सिजन ६ का मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, एक्सेंज सुबिधा, अन द स्पट फाइनान्स र बिमा सुबिधा, टेस्ट ड्राइभ लगायत बिभिन्न सांगीतिक एबं मनोरन्जनात्मक कार्यक्रमहरु रहेका थिए ।
पूर्व घोषणा गरिए अनुसार टेस्ट ड्राइभ गरेर लक्की ड्र मार्फत सुमन श्रेष्ठले होलिडे प्याकेज पाए । गाडी बुक गरेर भुवन केसी र टिकादत्त पाण्डले २ वर्षको लागि फ्री सर्विसिङको कुपन पाए । सुनिलकुमार श्रेष्ठ र ट्रान्स सोलुसन्सले ६ महिनाका लागि फ्री इन्धन पाए ।
साथै संजीवकुमार शर्मा नेपाल, प्राचिन श्रेष्ठ र सुरेश भुसालले फ्री कम्प्रिहेंसिव इन्सुरेन्स हात पारेका थिए भने राधिका अर्याल दाहाल, सुनिल श्रेष्ठ र सरोज श्रेष्ठले क्रमस हीराको औठी, थाइल्याण्ड टुर र युरोप टुर जिते ।
त्यसैगरी भ्यालुएसन गर्नुहुने ग्राहक मध्ये रोशना आचार्य र सैलेश लामिछानेले फ्री वासिंग कुपन र फुल ट्यांक इन्धन प्राप्त गरे ।
यति मात्र नभई श्रीकृष्ण ख्युजु, सुनिलकुमार श्रेष्ठ र शिखर इन्स्योरेन्सले प्रत्येक दिन बुकिङ गर्ने ग्राहकमध्ये एकलाई दिने भनिएको मोबाइल लक्की ड्र मार्फत जिते ।