देवः विकास बैंकका अध्यक्ष बज्राचार्यको राजीनामा स्वीकृत
काठमाडौं । देवः विकास बैंकका संस्थापक समूहका संचालक तथा अध्यक्ष सुवर्णलाल बज्राचार्य र संचालक महेश प्रधानको राजीनामा स्वीकृत भएको छ ।
साउन २३ गते संचालक पदबाट दिइएको राजीनामालाई सोही दिन बसेको २४९ औं संचालक समिति बैंठकले स्वीकृत गरेको कम्पनी सचिब सागर ताम्राकारले जानकारी दिए ।