विकासको गति बढाउन राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाको सुझाव
चितवन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकास निर्माणको गति बढाउन सरकारलाई सुझाव दिएका छन् ।
आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विधेयकहरु चाँडो ल्याउन सरकारसँग आग्रह गरे । उनले भने, “केही विधेयकहरु समय सीमाको हिसाबले असोज २ गतेभित्र आइसक्नुपर्ने हुन्छ । त्यसका लागि हामीले सरकारलाई घच्घच्याइरहेका छौँ ।”
राष्ट्रियसभामा अहिले दुई विधेयक टेबुल भएको जानकारी दिँदै उहाँले ती समय सीमाभित्र पारित हुने बताए । अध्यक्ष तिमिल्सिनाले देशमा शान्तिसुरक्षा कायम हुनुपर्ने तथा सबैले आफ्नो पेशा, व्यवसाय निर्बाध रुपमा गर्न पाउनुपर्ने बताए
। कुनैपनि समस्या विधि र कानूनसम्मत ढङ्गबाट समाधान गर्नुपर्ने उनको भनाइ थियो । रासस