४४ उजुरीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्यो कारबाही



काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्ष २०७४\७५ सालमा ४४ वटा उजुरीमा कारबाही गरेको छ । यो अवधिमा २ सय २४ वटा मुद्दा विभिन्न जिल्लाहरुमा दायर भएका थिए ।

दायर भएका मध्ये सबैभन्दा धेरै पानी उद्योग सम्बन्धि मुद्दा थिए । १ सय १ दूग्ध पदार्थहरु मापदण्ड अनुसार नभएको पाइएको हो ।

विभागले दिएको जानकारी अनुसार ४१ पानी, तेल ३८, दूध १६ तथा विभिन्न खाद्य पदार्थका बारेमा मुद्दा दायर भएका थिए । ती मुद्दाहरु मध्ये ६० मुद्दा दुषित खाद्य वस्तुका, १ सय २३ मुद्दा न्यून गुणस्तरका खाद्यवस्तुका, बाँकी लेबल लगायतका विवरण नमिलेका खाद्य वस्तुका रहेका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज पेश गरेको बिवरण अनुसार बजारबाट संकलन गरिएका २ हजार ८ सय १३ नमूना मध्ये १४.२ प्रतिशत नमूना मापदण्ड अनुसार नभएको पाइएको छ ।

विभागको विवरण अनुसार ३ सय ५४ नमूना मापदण्ड अनुसार नभएको पाइएको हो । नमुना परीक्षणबाट प्राप्त जानकारी अनुसार सबैभन्दा बढी दुग्धजन्य वस्तुमा मापदण्ड पूरा नभएको पाइएको हो ।

यस्तै, ६९ खाद्य तथा दालमा मिसावट पाइएको छ भने ६६ वटा खानेपानीका नमूना दुषित पाइएको छ । ३२ तेल र ९ दाना पदार्थ तथा अन्य खाद्य पदार्थहरु मापदण्ड अनुसार प्रतिकूल पाइएको विभागले जनाएको छ ।


क्लिकमान्डु