तलब नबढेका सरकारी कर्मचारीलाई सरकारको राहत, बढ्यो भत्ता



काठमाडौं । बजेटमा तलब नबढेका कर्मचारीलाई सरकारले भत्ता बढाएको छ ।

सरकारी कर्मचारीले मासिक रुपमा १ हजार रुपैयाँले पाउदै आएको महंगी भत्ता साउनदेखि २ हजार रुपैयाँ पाउने भएका छन् ।

यस्तै सरकारले पोशाक भत्ता अन्तर्गत ७ हजार ५ सय रुपैयाँ वार्षिक प्राप्त गरिरहेका कर्मचारीलाई सरकारले यो वर्षदेखि १० हजार रुपैयाँ दिने भएको छ ।

निजामति सहित,सेना,प्रहरी शिक्षक लगायत राष्ट्र सेवक कर्मचारीले १ लाखको बीमा हुँदै आएकोमा त्यसलाई बढाएर २ लाख पुर्याइएको छ ।


क्लिकमान्डु