दीपकराज जोशीको भाग्यको फैसला हुँदै, कस्तो आउला निर्णय



काठमाडौं । प्रधानन्यायाधीशमा प्रस्तावित सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधी दीपकराज जोशीको भाग्यको फैसला आज हुने भएको छ ।

संसदीय सुनुवाई समितिले केही दिन पहिले सुनुवाई गरेको भएपनि अन्तिम निर्णय दिएको छैन ।

अन्तिम निर्णय नआउँदा विभिन्न खालका आशंका बजारमा व्याप्त भएको छ । सत्तिारुढ नेकपाले प्रस्तावित प्रधानन्यायाधीशलाई अस्वीकार गर्न सक्ने सम्भावना पनि देखिएको छ ।

उपयुक्त आधारमा विगतको फैसला र निर्णयका आधारमा निर्णय गर्न नेकपाले समितिका सदस्यहरुलाई निर्देशन दिएको बुझिएको छ ।

जोशीको शैक्षिक योग्यताको प्रमाणपत्रका विषयमा समेत विवाद देखिएको छ । यस्तै राजस्व र करसँग जोडिएका मुद्दामा समेत विवादित फैसला गरेको गुनासो आएको छ ।

केही दिन पहिले काठमाडौंको हाडीगाँउको सरकारी जग्गा समेत व्यत्तिःको नाममा दर्ता हुने फैसला गरेको भन्दै संसदीय सुनुवाई समितिमा चकोृ कुरा उठेको थियो । १५ सदस्यीय सुनुवाई समितिमा सत्तारुढ दलका १० सांसद रहेका छन् । त्यसमा नेकपाका ९ र संघीय समाजवादी फोरमका १ सांसद छन् । काँग्रेसका ४ र राष्ट्रिय जनता पार्टीका १सांसद छन् ।

सुनुवाई समितिले कस्तो निर्णय देला भन्ने बारेमा आम चासो देखिएको छ । उपयुक्त आधारमा विवेक पुर्याएर निर्णय गर्नु भन्ने सन्देश नेकपाले आफ्ना सांसदलाई दिएका कारण आज दिउँसो दुई बजे बस्ने समितिको बैठकले आवश्यक निर्णय गर्ने बुझिएको छ ।


क्लिकमान्डु