पत्रकार सम्मेलनमा रुदै कानूनमन्त्री तामाङले राजीनामा दिए



काठमाडौं । कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन् । निकै भावुक मुद्रामा पत्रकार सम्मेलन मार्फत उनले राजीनामाको घोषणा गरेका हुन् । उनीले राजीनामाको घोषणा गर्दा उनका आँखा रसाएका थिए ।

बंगलादेशमा पढ्न गएका नेपाली नारीहरुले प्रमाणपत्र पाउनको लागि शरीर सुम्पन्नु पर्ने अभिव्यक्ति दिएपछि कानूनमन्त्री तामाङ विवादमा तानिएका थिए ।

पत्रकार सम्मेलनमा मन्त्री तामाङकी श्रीमती उषाकला राईसहित उपस्थित थिए । उनले आफुले महिलालाई सम्मान गरेको र महिलाको राजनीतिक अधिकारमा सधै लड्दै आएको बताए ।

‘बंगलादेशमा नेपाली महिलाहरुले शोषण भएको विषय मैले उठाएको हो’,कानूनमन्त्री तामाङले भने । उनले आफुले भनेको सबै कुरा मिडियामा नदेखाएर सानो गल्तीलाई मूल एजेण्डा बनाएर प्रस्तुत गरिएको बताए ।

उनले आफुले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आजदेखि लागु हुने गरेर राजिनामा दिएको पत्रकार सम्मेलनमा बताए ।


क्लिकमान्डु