प्यूठानको ऐरावती गाउँपालिकामा मेगा बैंकको १०१औं शाखा
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले प्यूठान जिल्लाका ऐरावतीे गाउँपालिकाको वडा नम्बर २ को बरौलामा नयाँ शाखा विस्तार गरेको छ ।
गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंकले प्यूठान जिल्लाका ऐरावतीे गाउँपालिकाका बरौलामा नयाँ शाखा विस्तार गरेको हो । ग्राहकहरुको विश्वास जित्दै अघि बढ्ने क्रममा अब मेगा बैंकले रफ्तार लिने सिइओ अनुपमा खुञ्जेलीले बताइन् ।
नेपाल राष्ट्र बैकले ग्रामिण भेगको १८ क्षेत्रहरुमा शाखा खोल्नु पर्ने दिएको निर्देशन अनुसार मेगा बैंकले सबै क्षेत्रहरुमा शाखा खोलिसकेको उनले बताइन् ।
‘हलोदेखि हाइड्रोसम्म’ मुख्य नारा लिएको मेगा बैंकले स्थापनाको आठौँ बर्षमा १०१ वटा शाखा विस्तार गरेको तथा टुरिजम डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल विकास बैंकलाई आफूमा गाभिसकेको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।