एफपिओ निकाल्न लागेको सिटिजन्स बैंकको नाफा ३० प्रतिशतले बढ्यो



काठमाडौं । थप सार्वजनिक निष्कासन(एफपिओ) निकाल्न लागेको सिटिजन्स बैंकको नाफा ३० प्रतिशत बढेको छ ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७४/७५ को अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ४० करोड रुपैयाँ नाफा कमाएको छ ।

बैंकले अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकले ब्याज आम्दानीबाट २ अर्ब गरेको छ अन्य आम्दानी ८९ करोड ५५ लाख गरेको छ ।

बैंकले प्रकाशित गरेको विवरण अनुसार असार मसान्तसम्ममा बैंकसँग ६१ अर्ब ३९ करोड रुपैयाँ निक्षेप छ । अघिल्लो वर्षको असार मसान्तमा ५२ अर्ब ७१ करोड रुपैयाँ निक्षेप थियो ।

यस्तै बैंकले ५७ अर्ब ९५ करोड रुपैयाँ कर्जा दिएको छ । अघिल्लो वर्षको असार मसान्तमा ४८ अर्ब ४४ करोड कर्जा थियो ।

बैंकको बेस रेट ११.७८ प्रतिशत छ भने सिसिडी ७७.८७ प्रतिशत रहेको छ ।
यस्तै रिर्टन अन इक्युटी १३.९२ प्रतिशत छ भने प्रति सेयर आम्दानी १७ रुपैयाँ ५३ पैसा रहेको छ ।


क्लिकमान्डु