अदालतको अन्तरिम आदेशपछि नेप्सेको सिइओमा साउदको पदबहाली, अर्याल अर्थमन्त्रालय फर्किए



काठमाडौं । सर्बोच्च अदालतको अन्तरिम आदेशपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा चन्द्रसिंह साउदले पदबहाली गरेका छन् ।

साउन १ गते आज साउदले पद बहाली गरेका हुन् ।

केपी ओलीको सरकारले एकमुष्ट शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा गरिएका नियुक्ती खारेज गर्ने निर्णय गरेको थियो । जस अनुसार नेप्सेका सिइओ साउदको समेत पद गएको थियो ।

त्यसलाई चुनौती दिदै साउद सर्बोच्च गएका थिए । सर्बोच्चले नेप्सेको सिइओबाट साउदलाई तत्काल नहटाउन अन्तरिम आदेश दिएको छ ।

ओली सरकारले हटाएका र सर्बोच्च गएका सबैजसोले पदमा बहाली हुनको लागि अन्तरिम आदेश पाएका छन् ।

सरकारले साउदलाई हटाएपछि अर्थमन्त्रालयका उपसचिव रमेश अर्याललाई अर्को व्यवस्था नहुँदासम्म सिइओको काम गर्ने जिम्मा दिएको थियो । साउद अदालतको अन्तरिम आदेशले पुर्नबहाली भएपछि अर्याल अर्थमन्त्रालय फर्केका छन् ।


क्लिकमान्डु