कृषि विकास बैंकले सुरु गर्यो मोबाइल बैंकिङ सेवा




काठमाडौं । कृषि विकास बैंकले मोवाइल बैंकिङ सेवा सुरु गरेको छ । उक्त सेवा सञ्चालनका लागि बैंकले एफ वान सफ्ट प्रालिसँग सम्झौता गरेको छ । सम्झौतामा बैंकका बजार तथा शाखा व्यवस्थापन विभागका प्रमुख प्रेमकुमार श्रेष्ठ र एफ वान सफ्टका सीइओ सुवास शर्माले हस्ताक्षर गरे ।

उक्ता सम्झौतासँगै बैंकले आफ्ना ग्राहकहरुलाई एडीबीएल स्मार्ट बैंकिङ नामक मोबाइल बैंकिङ सेवा उपलब्ध गराउने छ ।

एफवान सफ्टले तयार गरेको उक्त सफ्टवेयर अत्यन्त सुरक्षित, भरपर्दाे तथा हालसम्म नेपालका अन्य बैंकहरुमा प्रयोग नभएको सुरक्षा प्रणाली अपनाइएको बैंकको दाबी छ । यसमार्फत् हुने वित्तीय कारोबारलाई थप सुरक्षित गर्न ओटीपीको व्यवस्थासमेत रहेको बैंकले जनाएको छ ।

बैंकले सञ्चालन गरेको मोबाइल बैंकिङ सेवा लिन बैंकले अनलाईनमा नै आवेदनफारम भर्न सक्नेछन् ।

हरेक कारोबारको सूचना प्राप्तहुने, रकम ट्रान्सफर गर्न सकिने, स्टेटमेन्ट तथा चेकबुक अनुरोध गर्न सकिने, चेक तथा डेविट कार्ड आदि रोक्कागर्ने सकिने, कर्जाको साँवा तथा व्याज भुक्तानी सम्बन्धी जानकारी निःशुल्क लिन सकिने बैंकले जनाएको छ ।


पुष्प दुलाल