१४ सहकारीको सिमित बैकिङ कारोबार गर्ने अनुमतिपत्र रद्ध



काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ वटा सहकारी संस्थालाई दिएको सिमित बैकिङ कारोबार गर्ने अनुमतिपत्र रद्द गरेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा सहकारीको नियमन नगर्ने घोषणा गरेको थियो । राष्ट्र बैंकले सिमित बैकिङ बैकिङ कारोबार गर्ने सहकारीको नियमन तथा सुपरिवेक्षण गर्दै आएको थियो ।

राष्ट्र बैंकले सूचना जारी गरेर १४ वटा सहकारीलाई सिमित बैकिङ कारोबारको अनुमति रद्द गरेको थियो नियमन तथा सुपरिवेक्षणबाट समेत अलग गरेको जनाएको छ ।
अनुमतिपत्र रद्ध भएका सहकारीमा ४ वटा काठमाडौंका र १० वटा काठमाडौं बाहिरका रहेका छन् ।


क्लिकमान्डु