एनआईसी एशिया बैंकको दुईवटा शाखारहित बैंकिङ सेवा सञ्चालन
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले तनहूँ जिल्ला, शुक्लागण्डकी नगरपालिकाको साँखे बजारमा र व्यास नगरपालिकाको कलेस्तीमा चौधांै र पन्ध्रांै शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
बैंकले शुक्लागण्डकी नगरपालिकाको साँखे बजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन शुक्ला गण्डकी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष रामचन्द्र भण्डारी र वडा नं. ११ का वडा अध्यक्ष दलबहादुर थापाले संयुक्त रुपमा गरेका हुन् । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा मानबहादुर श्रेष्ठलाई नियुक्त गरिएको छ ।
यसैगरी बैंकले व्यास नगरपालिकाको कलेस्तीमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भ सोहि नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सतिशचन्द्र न्यौपानेद्वारा सम्पन्न भएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवा सञ्चालनको लागि बैंकले प्रतिनिधिको रुपमा सिकन्दर गुरुङलाई नियुक्त गरेको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्ने बताइएको छ ।