सिटिजन्स बैंक र पानस रेमिटबीच रेमिटेन्स सम्झौता



काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र पानस रेमिट प्रा.लि. बीच युरोप लगायत अन्य मुलुकबाट नेपालमा बैंकिङ्ग प्रणाली मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ ।

यस सम्झौता बमोजिम अब पानस रेमिट मार्फत युरोप, अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वी देशहरुबाट नेपालमा पठाएको विपे्रषण रकम नेपालमा रहेका आफन्तहरु तथा अन्यव् यक्तिहरुले सहज रुपमा सिटिजन्स बैंकको नेपालभर रहेको ७४ वटा शाखाहरुबाट सहज रुपमा भुक्तानी पाउन सक्नेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख सञ्चालन अधिकृत पारसकुमार काफ्ले तथा पानस रेमिटका प्रमुख कार्यकारी अधिकृत धर्म ाज पौडेलले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु