राष्ट्रिय वाणिज्य बैंकको चार शाखा थपिए



काठमाण्डौ । राष्ट्रिय वाािणज्य बैंक लिमिटेडको चार वटा शाखा कार्यायहरु थप भई कारोबार शुभारम्भ भएको छ ।

मनाङ्ग जिल्लाको नेस्याङ्ग गाउंपालिका वडा नं. ४ स्थित हुम्देमा शाखा कार्यालय नेस्याङ्ग, रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं. ५ स्थित शाखा कार्यालय मौलापुर, रौतहट जिल्लाको इशनाथ गाउँपालिका वडा नं. २ स्थित औरेयामा शाखा कार्यालय इशनाथ र मोरङ्ग जिल्लाको कटहरी गाउंपालिका वडा नं. ३ स्थित शाखा कार्यालय कटहरीको कारोबार शुभारम्भ भएको हो ।

अब राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयहरुको संख्या १९९ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैकले स्थानीय जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने गरि शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताए ।

बैंकको हाल ७२ जिल्लामा १९९ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । चालु आ.व.को तेस्रो त्रैयमाससम्म बैंकले १ खर्व ५३ अर्व निक्षेप संकलन गरी १ खर्व १२ अर्व कर्जा लगानी गरि ३ अर्व ८ करोड खुद मुनाफा कमाएको बिज्ञप्ति प्रकाशित गरी जानकारी दिएको छ ।


क्लिकमान्डु