साउन १ देखि राष्ट्र बैंकले सहकारीको नियमन नगर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी साउन १ गतेदेखि सहकारी संस्थाहरुको नियमन नगर्ने भएको छ । यसहघि ३ दर्जन बढी सीमित बैंकिङ कारोबार गर्ने सहकारी संस्थाहरुको नियमन गर्दै आएको थियो । ती संस्थाहरुलाई राष्ट्र बैंकले नै इजाजत दिएको थियो ।

अब भने राष्ट्र बैंकले त्यस्ता सहकारी संस्थाहरुको नियमन नगर्ने घोषणा गरेको हो । आर्थिक वर्ष २०७५÷७६ को मौद्रिक नीति सार्वजानिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले साउन १ गतेदेखि सहकारी संस्थाको नियमन राष्ट्र बैंकले नगर्ने बताए ।


पुष्प दुलाल