यी हुन् तीव्र गतिमा गुड्ने कार



काठमाडौं । तपाई पत्याउनुहुन्छ ? कुनै कार प्रतिघन्टा झन्डै साढे ४ सय किलोमिटरसम्म गुड्नसक्छ ।

अमेरिकी प्रिमियम कार निर्माता कम्पनी हेनेसीले विश्वकै सबैभन्दा तीव्र गतिमा कुद्ने स्पोट्र्स कार बनाएको छ । यो कार ४८४ किलोमिटर (३०१ माइल) प्रतिघण्टाको गतिमा कुद्छ ।

यस्तैगरी, बुगाटीको चिरोन प्रतिघण्टा २७१ माइलको गतिमा कुद्न सक्छ । हेनेसीको भेनम जीटी र बुगाटीको भेरोना पनि तीव्र गतिका कार हुन् ।
बुगाटी भेरोना ४३४ किलोमिटर प्रतिघण्टाको गतिमा कुद्ने कार हो । पछिल्लो समय सबै कारलाई उछिन्दै हेनेसी भेनम एफ फाइभ विश्वकै तीव्र गतिको कार बनेको छ ।

यसमा सात हजार सीसीको इञ्जिन प्रयोग गरिएको छ । कारमा टुइन टर्बो भी ८ इन्जिन राखिएको छ। यो इन्जिन १६०० बीएचपीमा निर्माण गरिएको कम्पनीले जनाएको छ ।

कारमा ७-स्पिड सिंगल क्लच सेमी अटोमेटिक ट्रान्समिसन विथ प्याडल सिफ्ट छ । भेनम एफ फाइभमा प्रयोग गरिएको अमेरिकी हर्सपावरले कारको कार्य क्षमतालाई नयाँ उचाइमा पुर्याएको छ ।

कार कुदाएको १० सेकेन्डभित्रै ३०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने २० सेकेन्डभित्रै कारले ४०० किलोमिटर प्रतिघण्टाको गति समात्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो कारको सुरुवाती मूल्य १.६ मिलियन अमेरिकी डलर छ ।


पुष्प दुलाल