माछापुच्छ्रे बैंक र एसएमए ईन्टरनेशनल बीच सम्झौता
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड र हङ्गकङ्ग स्थित एसएमए ईन्टरनेशनलबीच छिटो, छरितो र झन्झट रहित रेमिट्यान्स सेवाको सम्झौता भएको छ ।
ग्राहकहरुले उक्त रेमिट्यान्स सेवा एसएमए ईन्टरनेशनलद्वारा सञ्चालित WorkerAppz बाट लिन सक्ने छन् । WorkerAppz एउटा वेब र मोबाईल App-based पैसा ट्रान्सफर र बिल भुक्तानी गर्ने रेमिट्यान्स सेवा हो ।
WorkerAppz का संस्थापक तथा सिइओ प्रबिन चन्दिरामनिले माछापुच्छ्रे बैंक लिमिटेडसँग रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता गर्न पाउनु गौरवको कुरा भएका बताए ।
यो सम्झौतासँगै यूएई, कुवेत, बहराईन, कतार, ओमन, क्यानेडा र सुडानमा कार्यरत नेपालीहरुले छिटो, छरितो र सुलभ तरिकाले पैसा पठाउन सक्नेछन् र रेमिट मार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै शाखाहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०६ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ९१ वटा एटीएमहरु संचालनमा रहेको बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।