एनआईसी एशियामा २० शाखाहरुमा बैंकिङ समय परिवर्तन



एनआईसी एशिया बैंकले २० शाखाको बैकिङ समय परिवर्तन गरेको छ ।

बैंकले असार १९ गतेदेखि लागु हुने गरेर २० शाखाको समय परिवर्तन गरेको छ ।

आईतवार देखि विहिवार सम्म बिहान ९ बजे देखि साँझ ७ बजेसम्म र शुक्रबार बिहान ९ बजे देखि साँझ ५ बजेसम्म बैकिङ कारोबार सकिने बैंकले जनाएको छ ।

बैकिङ कारोबारको समय परिवर्तन गरेका शाखामा त्रिपुरेश्वर,महाराजगंज,सामाखुसी, नयाँबानेश्वर,पुल्चोक,कर्पोरेट कार्यालय ठमेल रहेका छन् ।

यस्तै न्युरोड, बिशालबजार,न्युरोड,खिचापोखरी र कमलादी,नारायणगढ,वीरगंज,पोखरा,धरान,बिराटनगर,इटहरी र बुटवल रहेका छन् । यस्तै दमक बिर्तामोड,नेपालगञ्ज रहेका छन् ।

बैंकको अहिले २२४ शाखाकार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ ईकाई मार्फत सेवा दिदै आएको छ ।

बैंकको निक्षेप १ खर्ब ५० अर्ब पुगेको छ भने कर्जा प्रवाह १ खर्ब १९ अर्बपुगेको छ ।


क्लिकमान्डु