ओमको बोनश शेयर सूचिकृत



काठमाण्डौ । ओम डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक बर्ष २०७३÷७४ मा बितरण गरेको १७.६९ प्रतिशत अर्थात ३७,८१,०७३ कित्ता बोनश शेयर नेपाल स्टक एक्स्चेन्जमा सूचिकृत भएको छ ।

बोनश शेयर बितरणपछि बैंकको जम्मा सूचिकृत शेयर २,५१,५२,३५६ कित्ता पुगेको छ । २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार ६ सय चुक्ता पूँजी रहेको बैंकको पूँजी संरचना संस्थापक शेयर ५१ प्रतिशत र सर्वसाधारण शेयर ४९ प्रतिशत रहेको प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले बताए ।

बैंकले जेष्ठ मसान्तसम्म १९ अर्ब ५० करोड निक्षेप संकलन गरी १७ अर्ब ५० करोड कर्जा लगानी गरेको छ ।

शाखा संख्या ५३, कर्मचारी संख्या ४२६, ग्राहक संख्या करिब २ लाख ३५ हजार, एटिएम संख्या १७ रहेको छ भने ग्राहकहरुलाई निःशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको, बिना धितो १५ लाखसम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आईराखेको र बिकास बैंकहरुमध्ये शाखारहित बैकिङ सेवा प्रदान गर्ने पहिलो बिकास बैंक भएको बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।


क्लिकमान्डु