प्रधानमन्त्री ओली ल्हासाको पोतला दरबार र जोखान मन्दिर किन गएनन् ?




काठमाडौं । ल्हासासँग जोडिएका नेपाली किंबदन्ती वा उखानहरु धेरै छन् । महाकबि लक्ष्मीप्रसाद देवकोटाको अमर कृति मुनामदनमा पनि ल्हासा र पोतला दरबारको बिषय उठान छ ।

ल्हासा पुग्ने हरेक नेपाली पोतला दरबार घुम्न चाहन्छ भन्ने भनाइ ट्राभल गाइडहरुको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली जस्तो जिज्ञासु ब्यक्ति ल्हासा पुगेर पनि पोतला दरबार किन गएनन् भन्ने जिज्ञासा तपाइलाई हुन सक्छ ।

प्रधानमन्त्री केपी ओलीलाई ल्हासामा हाई अल्टिच्यूटले समस्या पारेको छ । अक्सिजनको कमी भएपछि प्रधानमन्त्री ओली, उनकी पत्नी राधिका शाक्यलगायत केहीले अस्सिजन मास्क लगाएर बस्नु परेको थियो ।

सोही कारण प्रधानमन्त्री पोताला दरबार र जोखान मन्दिरको भ्रमणमा समेत गएनन् । ल्हासा समुन्द्री किनाराबाट ३ हजार ६३६ मिटरको उचाइमा छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठलगायत सहभागी थिए ।

प्रधानमन्त्रीको आवागमनलाई लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आधा घण्टा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान समेत रोकिएको थियो । विहान ९.४५ देखि १०.१५ बजेसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रोकिएको हो ।

प्रधानमन्त्री ल्हासाबाट काठमाडौँ आएका हुन् ।


क्लिकमान्डु