तीन नेतालाई तीन कार्यवाहक तोकेर चीन उडे ओली



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा निस्केपछि उनले कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरललाई दिएका छन् ।

नेकपाका अर्का अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि सोमबार सिंगापुर गएका कारण कार्यवहाक अध्यक्षको जिम्मा अर्का नेता माधवकुमार नेपाललाई दिएका छन् ।

यस्तै नेकपा संसदीय दलको जिम्मेवारी समेत ओलीले उपनेता सुवास नेम्वाङलाई दिएका छन् ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता नेपाल र संसदीय दलका कार्यवाहक नेतामा उपनेता नेम्वाङलाई जिम्मेवारी दिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि विदेशमा रहनुभएकाले नेता नेपाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको बताइएको छ


क्लिकमान्डु