२८० सिट क्षमताको वाइडबडी जहाज असार १४ मा आउने



काठमाडौं । नेपालले पहिलो पटक खरिद गर्न लागेको २८० सिट क्षमताको वाइडबडी ३३०–२०० सिरिजको पहिलो जहाज असार १४ गते काठमाडौं आइपुग्ने भएको छ ।

राष्ट्रिय ध्वाजबाहक नेपाल वायुसेवा निगमले करिब २३ अर्ब रुपैयाँमा खरिद गर्न लागेको दुई वटा वाइडबडी जहाज मध्ये पहिलो जहाज असार १४ गते काठमाडौं ल्याउन लागिएको हो ।

निगम महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार जहाज असनु १४ गते विहान करिब १० वजे तिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड हुनेछ । दोस्रो जहाज भने पहिलो जहाज आएको करिब एक पहिना पछि आउने छ ।

नयाँ वाइडबडी जहाजले कोरिया, जपान तथा युरोप अमेरिका र पुराना गन्तव्यमा समेत उडान गर्ने उनको भनाइ छ । दुई वटै वाइडबडी जहाजले नियमित उडान सुरु गरेपनि अन्तर्राष्ट्रिय उडान तर्फ अहिले रहेको नेवानिको बजार हिसा पनि वृद्धि हुने कंसाकारको भनाइ छ ।

अहिले अन्तर्राष्ट्रिय उडान तर्फ नेवानिको बजार हिसा ९ प्रतिशत छ । नयाँ वाइडबडी जहाज आएपछि यो बढेर १६ देखि १७ प्रतिशतसम्म पुग्ने कंसाकारको भनाइ छ ।

नयाँ दुई वटा वाइडबडी जहाज आएपछि नेवानिको ध्यान आन्तरिक उडान तर्फ समेत केृन्द्रित हुने कंसाकार बताउँछन् ।

नेवानिसँग नयाँ वाइडबडी दुई वटा जहाज आएपछि अन्तर्राष्ट्रिय उडानमा पाँच वटा जहाज हुनेछ । अहिले नेवानिले दुई वटा एयरबस र एउटा बोइङले आठ गन्तव्यका उडान गर्दै आएको छ । तर, नेवानिले दुई वटै वाइडबडी जहाज आएपछि पुरानो बोइङ भने लिलामीमा बेच्ने तयारी थालेको छ ।

यस अघि बिक्री गरिएको नेवानिको बोइङ भने प्राविधिक कारण स्वामित्व हस्तान्तरण समेत हुन सकेको छ । जहाज बीबी एयरवेजले १५ करोड रुपैयाँमा खरिद गरेको थियो ।

पहिलो उडान दुबई

राष्ट्रिय ध्वाजबाहक नेपाल वायुसेवा निगम वाइडबडी जहाज मार्फत कोरिया तथा जापान उडान गर्ने बताउँदै आएपनि अन्त्तः पुरानै गन्त्व्य संयुक्त अरब इमिरेट्सको दुबईमा पहिलो व्यवसायी उडान गर्ने भएको छ ।

२८० रिट क्षमताको बाइडबडी जहाजको व्यवसायी उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले उडान तालिका (स्लट) स्वीकृत समेत दिइसकेको छ ।

दुई वटा वाइडबडी जहाजमध्ये पहिलो जहाज यही जनु २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । जहाज आएको करिब एक महिना पछि अर्थात जुलाईको अन्तिम साताबाट व्यवसायी उडान हुने भएको छ ।

१५ दिन अगाडि नै नेवानिले वाइडबडी उडानका लागि समय तालिकासहित पत्र पठाएको थियो । नेवानिले पहिलो वाइबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विहान ८ः१५ बजे उड्ने र फेरि बेलुका ७ः१० मा अवतरण गर्ने गरी उडान समय माग गरेका थियो ।

विमानस्थल कार्यालयले विहानको समयमा स्वीकृत गरेको छ । तर, बेलुका अवतरण गर्ने समयमा भने केही परिवर्तन गर्नुपर्ने गरी नेवानिलाई पत्राचार गरेको जनाएको छ ।

नेवानिले ल्याउन जहाज एप्रोनमा सवा १ घन्टाभन्दा बढी राख्न नपाउने गरी उडान तालिकका स्वीकृत भएको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए । सवा १ घन्टाभन्दा बढी समय जहाज विमानस्थलमै राख्नुपरेको अवस्थामा नेवानिले आफ्नै ह्याङगरमा लगरे राख्नुपर्ने क्षेत्रीको भनाइ छ ।


पुष्प दुलाल