प्रधानमन्त्री ओली भन्छन् : ३ वर्षभित्रमा काठमाडौंभित्र मेट्रोरेल चल्छ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षभित्रमा काठमाडौं उपत्यकामा मेट्रोरेल चल्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममा जवाव दिदै प्रधानमन्त्री ओलीले ३ वर्षभित्रमा काठमाडौंमा मेट्रोरेल कुद्ने बताए ।

‘काठमाडौं महानगरपालिकाले मेट्रो चलाउनको लागि कम्पनीसँग सम्झौता गरिसक्यो,३ वर्षभित्र काठमाडौंमा मेट्रो चल्छ।’प्रधानमन्त्री ओलीले भने ।

काठमाडौं महानगरले भने मेट्रोरेल नभएर मोनोरेल चलाउन सम्झौता गरेको हो ।

प्रधानमन्त्री ओलीले आगामी ५ वर्षभित्रमा काठमाडौंबाट रक्सौल रेल चल्ने बताए ।

उनले काठमाडौं केरुङ,पोखरा लुम्बिनी रेल चलाउनको लागि अध्ययन भएको जानकारी दिए ।

यस्तै कोसी र कर्णालीबाट पानीजहाजमा सिधै समुन्द्रसम्म जान सकिने भन्दै प्रधानमन्त्री ओलीले यस्तो कुरा गर्दा केहीले बाल्टीमा कागजको पानीजहाज बनाएर उडाएको बताए ।


क्लिकमान्डु