पत्रकार महासंघले प्रेस रजिष्टारसँग सोध्योः श्रमजीवी पत्रकारका समस्या बारे के गर्दैछौं ?

287
Shares


काठमाडौं । नेपाल पत्रकार महासंघको श्रमजीवी हित प्रवद्र्धन समितिले शुक्रबार प्रेस रजिष्ट्रार बालकृष्ण घिमिरेलाई श्रमजीवी पत्रकारका सेवा, शर्त, सुविधा र न्यूनतम पारिश्रमिकको कार्यान्वयन सम्बन्धमा ध्यानाकार्षण पत्र बुझाएको छ ।

महासंघले २०७४ साल असोज १० गते दर्ता गरेकोे ध्यानाकर्षण पत्रको कार्यान्वयनको प्रगति तथा हुन बाँकी काम कारबाहीको विषयमा प्रेस राजिष्ट्रारको कार्यालय रहेको सूचना विभागको नागरिक बडापत्रको बुदा नं १० बमोजिम ३० दिनभित्र उजुरीको किनारा लगाइसक्नु पर्ने भए पनि त्यसको प्रगतिबारे जानकारी प्राप्त नभएको भन्दै समितिले प्रेस रजिष्ट्रारको पुनः ध्यानाकृष्ट गराएको हो ।

ध्यानाकर्ष पत्रमा महासंघको माग बमोजिम तत्काल कारबाही गरी जानकारी प्राप्त नभएमा प्रेस रजिष्ट्रार विरुद्ध दवावका कार्यक्रमा सञ्चालन गर्न बाध्य हुने जनाइएको छ ।

समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएकोे प्रतिनिधि मण्डलमा महासंघका केन्द्रीय सदस्य तथा समितिका सदस्यहरु यम बिरही, टेकराज थामी र टिकाराम प्रधान थिए ।

Skip This