
एजेन्सी । अमेरिकाका भन्सार अधिकारीहरूले भियतनाममा सञ्चालित चिनियाँ लगानीका कारखानाहरूमा छड्के निरीक्षण गरेका छन् ।
ब्लुमबर्ग न्युजले सोमबार यस मामिलासँग जानकार स्रोतहरूलाई उद्धृत गर्दै यो जानकारी सार्वजनिक गरेको हो ।
निरीक्षणका क्रममा अधिकारीहरूले ती उद्योगहरूबाट अमेरिका निर्यात गरिने सामानमा कति मूल्य अभिवृद्धि भएको छ भन्ने यकिन गर्न आवश्यक कागजात, कच्चा पदार्थको स्रोत र उत्पादन प्रक्रियाको विस्तृत अध्ययन गरेका छन् ।
यसका साथै, सफ्टवेयरको बौद्धिक सम्पत्ति अधिकार उल्लंघनका सम्भावित पक्षहरूमा पनि टोलीले ध्यान दिएको ब्लुमबर्गको रिपोर्टमा उल्लेख छ ।
भियतनाममाथि लगाइने भन्सार शुल्कमा अमेरिकाले थप वृद्धि र विस्तार गर्न सक्ने आशंकाहरू भइरहेका बेला यो निरीक्षण गरिएको हो । यद्यपि, चिनियाँ सामानहरू भियतनामको बाटो हुँदै अवैध रूपमा अमेरिका भित्रिएका छन् भन्ने कुनै ठोस वा उल्लेख्य प्रमाण भने अहिलेसम्म फेला परेको छैन ।





प्रतिक्रिया