
काठमाडौं । गायक तथा बालकलाकार अशोक दर्जीले आफूमाथि कुटपिट र धम्की दिनेहरू विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाएका छन् ।
आइतबार सामाजिक सञ्जालमा आफूलाई कुटपिट गरिएको भिडियो सार्वजनिक भएपछि दर्जीले झापाको बिर्तामोडस्थित अनारमनी इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।
दर्जीले शनिश्चरेका अंकित प्रधानसहित दुईजना विरुद्ध कारबाहीको माग गर्दै उजुरी दिएका हुन् । पैसाको माग गर्दै आफूलाई कुटपिट गरेको र उक्त भिडियो एक महिनाअघि नै खिचिएको उनले उजुरीमा उल्लेख गरेका छन् ।
भिडियो हटाउन आग्रह गर्दा पनि अस्वीकार गरी अहिले सार्वजनिक गरिएको दर्जीको भनाइ छ। यस घटनाको चौतर्फी विरोध भइरहेको छ भने कलाकार र फ्यानहरूले दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।





प्रतिक्रिया