
काठमाडौं । सूर्य नेपालले एक वर्षमा सवा ३२ अर्ब रुपैयाँ बढी व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा ३२ अर्ब ३५ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२४ मा २८ करोड ८१ लाख ८० लाख रुपैयाँ र सन् २०२३ मा २८ अर्ब ९९ करोड रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२५ मा सवा ३२ अर्बको कारोबार गर्दा सञ्चालन नाफा र खुद मार्जिन स्थिर जस्तै छ ।
ऋणको स्तर कम तथा सञ्चालनबाट निरन्तर प्राप्त भएको नगद प्रवाहका कारण कम्पनीका ऋण सुरक्षा सूचकहरू अनुकूल अवस्थामा छन् ।
कम्पनीले हालसम्म कुनै बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन कर्जा लिएको छैन । सन् २०२५ सम्ममा कम्पनीको ऋण लिज दायित्वमा मात्र सिमित रहेको छ ।
कम्पनीको समग्र गियरिङ अनुपात ०.०१ गुणा थियो । जुन अत्यन्तै न्यून हो । कम्पनीको सन् २०२५ को अन्त्यसम्ममा ४ अर्ब ९४ करोड ४० लाख रुपैयाँ बैंक निक्षेप, १ अर्ब २० लाख रुपैयाँ ट्रेजरी बिल तथा २१ करोड ६० लाख रुपैयाँ नगद मौज्दातका रुपमा पर्याप्त सम्पत्ति छन् । साथै, कम्पनीले आफ्ना सेयरधनीहरुलाई नियमित रुपमा लाभांश वितरण गर्दै आएको छ ।
सन् १९८६ बाट व्यवसायिक यात्रा सुरू गरेको कम्पनीमा भारतीय कम्पनी आइटीसी लिमिटेडको ६१ प्रतिशत स्वामित्व छ । बाँकी ३९ प्रतिशत स्वामित्व नेपाली संस्था र व्यक्तिगत सेयरहोल्डर छन् ।
चुरोट, अगरबत्ति र ब्रान्डेड प्याकेज्ड फुड उत्पादन गर्दै आएको यो कम्पनी नेपालको सबैभन्दा ठूलो उत्पादन कम्पनी हो ।
कम्पनी सूर्य नेपाल भेन्चर्स प्रालिको सहायक कम्पनी हो । कम्पनीले अगरबत्तिको उत्पादन तथा बिक्री गर्दै आएको छ । कम्पनीले हालै मात्रै उच्च गुणस्तरको मारानी ब्रान्डको मह निर्यात सुरू गरेको छ ।
चार दशकदेखि चुरोट उत्पादन गर्दै आएको कम्पनीले प्रख्यात ब्रान्डको सूर्य लेजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किङ, सूर्य फ्यूजन, सूर्य स्लिक बोल्ट, शिखर फिल्टर किङ, शिखर आईस, रस, नौलो, खुकुरी फिल्टर, पाइलट फिल्टर, नौलो म्याक्स, पल्स मिन्ट पन्च, खुकुरी स्टार, बिजुली र चौतरी ब्रान्डको चुरोट उत्पादन गर्दै आएको छ ।
सन्जिब पुरी अध्यक्ष रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि ५ अर्ब ७५ करोड रुपैयाँको रेटिङ गराएको छ ।





प्रतिक्रिया