नेपालको सामाजिक तथा राजनीतिक मुद्दामा फेसबुक र इन्स्टाबाट मात्रै चार वर्षमा ५ करोड खर्च

0
Shares

एजेन्सी । नेपालको सामाजिक तथा राजनीतिक मुद्दाका विषयमा डिजिटल प्ल्याटफर्मबाट मात्रै पछिल्लो चार वर्षमा करिब ५ करोड रुपैयाँ खर्च भएको छ ।

यस अवधिमा फेसबुक र इन्स्टाग्रामबाट ३९ हजार ६ सय ३६ वटा विज्ञापन प्रसारण भएको मेटा एड लाइब्रेरीको तथ्यांक छ ।

पछिल्लो ९० दिनमा नेपालमा मेटामार्फत हुने सामाजिक/राजनीतिक विज्ञापनमा विदेशी मिडिया तथा अन्तर्राष्ट्रिय एजेन्सीको सक्रिय उपस्थिति देखिएको छ ।