तेज ब्रान्डको दाल बेच्ने कम्पनीको वार्षिक व्यापार डेढ अर्ब रूपैयाँ

112
Shares

काठमाडौं । तेज ब्रान्डको दाल बेच्ने तेज फुड इन्डष्ट्रिजले एक वर्षमा साढे १ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा २० दिन मात्रै कारोबार गरेर ९ करोड रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले गत आवमा ४ प्रतिशत सञ्चालन मार्जिन गरेको छ भने ०.०८ प्रतिशत खुद नाफा कमाएको छ ।

सन् २०२३ मा स्थापना भएको कम्पनीले कृषिजन्य वस्तु उत्पादन तथा प्रशोधन गर्दै आएको छ ।

मोरङको विराटनगर र कैलालीको बौनियामा प्रशोधन प्लान्ट रहेको कम्पनीले विभिन्न प्रकारका दाल प्रशोधन गर्दै आएको छ ।

साथै, कम्पनीले आगामी दिनमा लगानी विस्तार गरी अन्य कृषिजन्य वस्तु प्रशोधन गर्ने योजना रहेको जनाएको छ ।

कम्पनीले विशेषगरी भारतबाट कच्चा पदार्थ आयात गर्दै आएको छ । आयातित दाल प्रशोधन गरी कम्पनीले तेज ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

जितेन्द्र सैनी सीईओ रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ४० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ७० करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ९५ करोड रुपैयाँको रेटिङ गराएको हो ।