ज्योति विकास बैंकका कर्मचारीले पाए ३ महिनाको तलब बराबरकाे अग्रिम बाेनस

861
Shares

काठमाडौं । ज्योति विकास बैंकका कर्मचारीले गत आर्थिक वर्षको मुनाफाबाट ३ महिनाको तलब बराबरको अग्रिम बोनस पाएका छन् ।

आर्थिक वर्ष सकिएसँगै बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट कर्मचारीको लागि बैंकहरुले धमाधम अग्रिम बोनस पठाउन लागेका हुन् ।

सोही क्रममा ज्योति विकास बैंकले कर्मचारीहरुलाई साउन पहिलो साता ३ महिनाको तलब बराबरको बोनस पठाएका हुन्।

बैंकको नाफाको आधारमा कर्मचारीले थप बोनस पाउने अवस्था भएपनि बैंकले कर्मचारीले पाउने बोनसको करिब आधा अहिले वितरण गरेको र बाँकी बोनस साधारणसभाको लागि राष्ट्र बैंकले स्वीकृति दिएपछि पठाउने बैंक स्रोतले जनाएको छ ।

बोनस ऐनले नै नाफा कमाउने हरेक प्रतिष्ठानले नाफाबाट कर्मचारीलाई बोनस वितरण गर्नुपर्ने व्यवस्था गरेको छ । ‘मुनाफा गर्ने प्रत्येक प्रतिष्ठानले एक आर्थिक वर्षमा गरेको खुद मुनाफाको दश प्रतिशत बराबरको रकम कर्मचारीहरूलाई बोनस बापत छुट्याउनु पर्छ,’ बोनस ऐनको दफा ५ मा भनिएको छ ।

सोही व्यवस्थाका आधारमा बैंकहरुले पनि कर्मचारीले पाउने बोनसको केही हिस्सा आर्थिक वर्ष समाप्त भएसँगै र केही हिस्सा भने वार्षिक साधारणसभा गर्ने समयमा पठाउने गरेका छन् ।