आज चिया उद्योगीहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

91
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज चिया उद्योगीहरूसँग छलफल गर्दैछन् । प्रधानमन्त्री कार्यालयमा बिहीबार बिहान सवा ११ बजे सुरू हुनेछ ।

प्रधानमन्त्री बालेनसँगको भेटमा चिया उद्योगीहरूले भोग्दै आएको समस्या र समाधानका उपायबारे छलफल गरिने उद्योगीहरूले बताएका छन् ।

छलफलमा वरिष्ठ चिया उद्यमी एवम् नेपाल अर्ग्यानिक संघका अध्यक्ष दीपक बास्कोटाको नेतृत्वमा संघका उपाध्यक्ष प्रेम लामा, गोर्खा टी इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन साङ्ग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अग्र्यानिक एग्रो इन्डस्ट्रिका अध्यक्ष पर्शुराम आचार्य सहभागी हुनेछन् ।

चिया किसान, चिया कारखाना र चियाको बजारमा विद्यमान समस्या समाधानका लागि प्रधानमन्त्री बालेनलाई अनुरोध गर्नेछन् ।

पछिल्लो समय भारतले लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रणालीका कारण हालै नेपाली चियाको निर्यात दुई महिनाजति अवरुद्ध बनेको थियो । जसका कारण इलाम र झापाका दर्जनौं चिया उद्योग बन्द भएका थिए । पछि प्रधानमन्त्री बालेनले समस्या समाधानका लागि पहल गरेसँगै चिया निर्यातले निरन्तरता पाएको थियो ।

प्रधानमन्त्री बालेनसँगको भेटमा उद्योगी व्यापारीहरूले यो विषयसँगै अन्य समस्या र समाधानका उपायहरू प्रस्तुत गर्नेछन् ।