
यो हो, हुन्डाई आयोनिक नाइन । यो एउटा प्रिमियम लक्जरी सेभेन सिटर इलेक्ट्रिक एसयूभी हो । देख्ने बित्तिकै ‘अहिले नै किनिहालौं’ जस्तो लाग्यो होला, हैन त ? तर अलि धैर्य गर्नुहोस्, लक्ष्मी हुण्डाईले यसलाई चाँडै नै नेपाली बजारमा सार्वजनिक गर्दैछ ।
आयोनिक थ्री र फाइभको सफलतापछि हुण्डाईले अब यो ठूलो र विलासी थ्री-रो एसयूभी नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ ।
यसको सबैभन्दा अचम्मको कुरा के छ थाहा छ ? यो गाडी मात्र २४ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ ! अर्थात्, एक पटक कफी पिउने समयमा चार्ज गर्दा यो झण्डै साढे ४०० किलोमिटर दौडिन्छ ।
अब यसो यसको डिजाइन हेरौं ।
यसमा ५६ पिक्सेल सहितको पिक्सेलेटेड डीआरएल छ । हेडल्याम्प र फगलाइटमा पनि कम्पनीले त्यही सिग्नेचर पिक्सेल थिम दिएको छ । यसमा रहेको २० इन्चको बलियो अल्लो ह्वीलले यसलाई अग्लो र मस्कुलर लुक्स दिएको छ । यसमा आकर्षक फ्लस डोर ह्यान्डल र आधुनिक अप्टिकल रियर भ्यु मिरर पाउनुहुनेछ । गाडीको पछाडि पनि टेल ल्याम्प र इन्डिकेटरहरू पिक्सेलेटेड नै छन्, जसले गर्दा यो निकै फ्युचरिस्टिक देखिन्छ ।
‘बिल्ट फर कम्फर्ट, बिल्ट टु बिलङ’ ट्यागलाइनका साथ ह्युण्डाईले आफ्नो सबैभन्दा नयाँ र भविष्यमुखी इलेक्ट्रिक एसयूभी — द अल न्यू आयोनिक नाइन प्रस्तुत गरेको छ ।
यसको डिजाइन फ्युचरिस्टिक छ । यसको ‘एरोस्थेटिक’ एक्स्टेरियर र हुण्डाईको सिग्नेचर ‘प्यारामेट्रिक पिक्सेल’ लाइटिङले यसलाई सडकमा निकै भिन्न र आधुनिक देखाउँछ । डिजिटल रियर भ्यू मिरर, अटो फ्लस डोर ह्यान्डल र २० इन्चको मस्कुलर ह्वीलले यसलाई साँच्चै ‘फ्युचर कार’ जस्तो बनाएको छ ।
गाडीको पछाडिको भागको फिनिसिङ पनि उत्तिकै उत्कृष्ट छ। एउटा विशेष कुरा, यसको टेलगेटलाई तपाईंले आफ्नो उचाइ र आवश्यकता अनुसार कति माथिसम्म खुल्ने भनेर सेट गर्न सक्नुहुन्छ ।
यसको बाहिरी भाग जति आकर्षक छ, इन्टेरियर त्योभन्दा बढी विलासी छ। भित्र पस्ने बित्तिकै तपाईंले प्रिमियम लेदर र पिक्सेल एलईडीले सजिएको पावर एड्जस्टेबल टिल्ट एन्ड टेलिस्कोपिक स्टियरिङ ह्विल देख्नुहुनेछ ।
ड्यासबोर्डमा १२.३ इन्चको डिजिटल क्लस्टर र १२.३ इन्चको इन्फोटेनमेन्ट स्क्रिनसहितको पानारोमिक कर्भ्ड डिस्प्ले र फ्लोटिङ ड्यासबोर्ड छ । एम्बियन्ट इन्टेरियर लाइटिङले गाडीभित्रको वातावरणलाई एउटा शान्त ओएसिस जस्तै बनाएको छ ।
हामीलाई सबैभन्दा मनपरेको कुरा चाहिँ यसको युनिभर्सल आइल्यान्ड २.० कन्सोल हो, जहाँ वायरलेस चार्जिङसँगै सामान राख्न प्रशस्त ठाउँ छ । पछाडि बस्ने यात्रुहरूको लागि छुट्टै एसी कन्ट्रोल छ। चार्जिङका लागि तीनवटै लाइनमा गरी ६ वटा १०० वाटका यूएसबी सी पोर्ट छन् । अझ तेस्रो लाइनमा त ल्यापटप चलाउन मिल्ने २३० भोल्टको पावर सकेट समेत उपलब्ध छ ।
यात्रालाई सुखद बनाउन पहिलो लाइनमा प्रिमियम रिल्याक्सेसन सिट छन् । दोस्रो लाइनको सिटलाई वाक इन डिभाइस मार्फत सजिलै अगाडि सारेर तेस्रो लाइनमा जान सकिन्छ । सिटहरू फोल्ड गर्दा २४९४ लिटर सम्मको विशाल कार्गो स्पेस बन्छ ।
शान्त यात्राका लागि यसमा डबल लेमिनेटेड साउन्डप्रूफ सिसा प्रयोग गरिएको छ भने संगीतको लागि १४ वटा स्पिकर सहितको प्रिमियम साउन्ड सिस्टम छ । सुरक्षाका लागि १० वटा एयरब्याग, रियर अकुपेन्ट अलर्ट र हुण्डाई स्मार्टसेन्स जस्ता प्रविधिहरू यसमा समावेश छन् ।
अब कुरा गरौं यसको दमदार पर्फर्मेन्सको । आयोनिक ९ मा ११०.३ किलोवाट आवरको शक्तिशाली ब्याट्री छ । यसले एक पटकको फुल चार्जमा ६२० किलोमिटर सम्मको रेन्ज दिन्छ ।
सबैभन्दा अचम्मको कुरा, मात्र २४ मिनेट चार्ज गर्दा यो १० देखि ८० प्रतिशत सम्म चार्ज हुन्छ, जसले गर्दा तपाईं झण्डै ४३४ किलोमिटर यात्रा गर्न सक्नुहुन्छ ।
लक्ष्मी मोटर कर्पोरेसनले नवलपरासीको रामग्राममा नेपालकै पहिलो गाडी एसेम्बली प्लान्ट स्थापना गरेर स्थानीय उत्पादनमा ठूलो सहयोग गरिरहेको छ। कोना र आयोनिक ५ को सफलतापछि, ह्युण्डाईले अब नेपालभरि फैलिएको ‘रि-ल्याक्स’ चार्जिङ नेटवर्कको साथ यो ३-रो लक्जरी एसयूभी नेपाली बजारमा ल्याउँदैछ ।
सुरक्षाको कुरा गर्दा यसमा १० वटा एयरब्याग र हुण्डाईको अत्याधुनिक ‘स्मार्टसेन्स’ प्रविधि जडान गरिएको छ । फ्युचरिस्टिक डिजाइन, विलासी कम्फर्ट र पावरफुल पर्फर्मेन्स भएको यो प्रिमियम गाडी किन्ने होइन त ?
क्यामेरा तथा भिडियो सम्पादनः विभुषण जोशी
प्रस्तोताः सुमित्रा गुरागाईँ





प्रतिक्रिया