
काठमाडौं । भारतको प्रतिष्ठित विद्युतीय स्कुटर ब्रान्ड ‘एम्पियर’ ले सर्लाहीको मलंगवामा आफ्नो आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
नेपालका लागि एम्पियरको आधिकारिक वितरक एसटीसी अटो सोलुसनले मलंगवास्थित राजश्री चोकमा रहेको बीएम ईभी हबलाई आधिकारिक विक्रेताको रूपमा नियुक्त गरेको हो ।
ग्रिभ्स इलेक्ट्रिक मोबिलिटीद्वारा निर्मित एम्पियरले नेपालभर आफ्नो बजार विस्तार गर्ने अभियानअन्तर्गत मलंगवामा यो नयाँ सोरुम सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।
अब त्यस क्षेत्रका ग्राहकहरूले नयाँ सोरुमबाट स्कुटरको अवलोकन गर्ने, परीक्षण सवारी चलाउने तथा खरिद र बिक्रीपछिको मर्मत सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले बजारमा उपलब्ध गराएका विभिन्न प्रकारका स्कुटरहरूको मूल्य पनि सार्वजनिक गरेको छ । जसअनुसार एम्पियर नेक्सस ईएक्सको मूल्य तीन लाख पैंतीस हजार रुपैयाँ तोकिएको छ भने एम्पियर नेक्सस ईएक्स प्लसको मूल्य तीन लाख पैंतालिस हजार रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी, एम्पियर म्याग्नस जी म्याक्स स्कुटरको मूल्य तीन लाख पन्ध्र हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
एम्पियरका स्कुटरहरूमा आधुनिक ‘लिथियम फेरो फस्फेट’ ब्याट्री प्रविधिको प्रयोग गरिएको छ, जुन सुरक्षित र लामो समयसम्म टिक्ने मानिन्छ ।
यी ब्याट्रीहरूलाई अत्यधिक चिसोदेखि अत्यधिक तातो वातावरणमा समेत परीक्षण गरिएको छ। कम्पनीले यी स्कुटरको ब्याट्रीमा ५ वर्ष वा ७५ हजार किलोमिटर गुडुन्जेलसम्मको वारेन्टी समेत उपलब्ध गराएको छ ।
एसटीसी अटो सोलुसनले गुणस्तरीय विद्युतीय सवारी र भरपर्दो सेवामार्फत ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । मलंगवामा सुरु भएको यस सेवाले नेपालका उदीयमान सहरहरूमा दिगो र वातावरणमैत्री यातायातको पहुँच विस्तार गर्न थप सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।





प्रतिक्रिया