सम्मानजनक पारिश्रमिकको माग गर्दै चिकित्सक सडकमा

0
Shares

काठमाडौं । युवा तथा प्रशिक्षार्थी चिकित्सकहरूले श्रम शोषणको अन्त्य, उचित पारिश्रमिक र सम्मानजनक कार्य वातावरणको सुनिश्चितता गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन्।

प्रदर्शनका क्रममा उनीहरूले ‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण बन्द गरौँ’, ‘जेनजीको नाममा बनेको सरकार, जेनजी डाक्टरलाई न्याय दे’ तथा ‘रातभर नसुतेको डाक्टर बिरामी छ, स्वास्थ्य सेवा बिरामी छ, देश बिरामी छ’ लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराएका थिए।

उनीहरूले स्वास्थ्य क्षेत्रमा कार्यरत युवा चिकित्सकमाथि भइरहेको श्रम शोषण अन्त्य गरी न्यायोचित पारिश्रमिक र सुरक्षित तथा सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।