भ्याट बिलको चिट्ठा तत्कालै कार्यान्वयन नहुने, अर्थमन्त्री वाग्लेको घोषणालाई मन्त्रालबाटै आएन स्वीकृति

322
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको भ्याट बिलमा लट्री(चिट्ठा) तत्कालै कार्यान्वयन नहुने भएको छ ।

मन्त्री वाग्लेले गत १५ जेठमा संसदबाट सार्वजनिक गरेको बजेटमार्फत साउन १ देखि नै कार्यान्वयन हुने गरी भ्याट बिल लिन प्रोत्साहन गर्दे लट्री कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए ।

सरकारले भ्याट विबल लिन प्रोत्साहन गर्ने र दैनिक रुपमो बस्तु तथा सेवाको खरिद बिक्रीमा लिने भ्याटबिललाई स्वत: लट्री टिकटमा रुपान्तरण गरेर सर्वसाधारणलाई दैनिक लखपति बनाउने योजाना अगाडि सारेको थियो ।

सरकारले ल्याएको यो कार्यक्रमको लागि आन्तरिक राजस्व विभागले कार्याविधि बनाएर अर्थ मन्त्रालय पठाएको छ । अर्थ मन्त्रालयले उक्त कार्यविधिलाई स्वीकृति दिइनसकेकोले तत्काल कार्यान्वयन नहुने आन्तरिक राजस्व विभागका सूचना अधिकारी केशव रघुवंशीले बताए ।

उनका अनुसार कार्यविधि मन्त्रालयबाट स्वीकृति भएर आएपछि आईटी विभागले बनाउने सिस्टमका आधारमा दैनिक लक्की ड्र हुने छ । यस्तो लक्की ड्र अनलाइन बिलिङमा मात्रै लागू हुने पनि उनले बताए ।

आन्तरिक तयारी पूरा नभएकोले साउन १ देखि नै लागू गर्ने भनिएपछि केही समय ढिलो हुने भएको आन्तरिक राजस्व विभागले जानकारी दिएको छ । विभागका अनुसार साउन महिनाभित्रमै यसलाई सुरु गर्ने भनिएपछि कहिले हुन्छ भनेर चाहिँ अहिले नै भन्न सकिदैन् ।

मूल्य अभिवृद्धि कर (भ्याट) बिललाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले नयाँ व्यवस्था ल्याएको पनि मन्त्री वाग्लेले उल्लेख गरेका थिए । तर अर्थ मन्त्रीले घोषणा गरेको कार्यक्रमलाई अर्थ मन्त्रालयबाटै कार्यान्वयनको लागि ढिलाइ गरिएको उल्लेख छ ।