
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिएको आरोपमा इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौं तह) डिल्लीराज खड्कालाई नियन्त्रणमा लिएको छ ।
आयोगका अनुसार पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रिया सहज बनाइदिने भन्दै खड्काले सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस मागेका थिए । उक्त रकम लिइसकेको अवस्थामा उनलाई रकमसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।






प्रतिक्रिया