सिंहदरबार गेटअघि बाइक पार्किङ गरेर प्रदर्शनमा उत्रिएका एमाले अखिलका नेताहरू पक्राउ


काठमाडौं । सिंहदरबार गेटअगाडि मोटरसाइकल पार्किङ गर्दै प्रदर्शन गरेका एमाले निकटका विद्यार्थीहरू पक्राउ परेका छन्।

विहान कार्यालय सुरू हुने समयमा प्रदर्शनमा उत्रिएका अनेरास्ववियु केन्द्रीय अध्यक्ष दीपक धामीसहित ६ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्ने अन्यमा निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष वाग्मती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटी सचिव सुदिप थापा, सिरिस बुढाथोकी छन् ।