नेपाल दूरञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त, आजै पदबहाली


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। सञ्चार मन्त्रालयले असार १५ गते बुधबार लिएको ८ जनाको अन्तरवार्ता र प्रस्तुतीकरणबाट घिमिरेलाई नियुक्त गरेको हो ।

सरकारले यस अघि गत वैशाख १९ गते अध्यादेश ल्याएर सबै राजनीतिक नियुक्ति खारेज गरेपछि तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारीको पदमुक्त भएका थिए । त्यसपछि रिक्त रहेको प्राधिकरणको अध्यक्ष पदमा घिमिरे नियुक्त भएका हुन् ।

घिमिरेलाई मन्त्रिपरिषद् बैठलले अध्यक्ष नियुक्तिको निर्णय गरेको र सोमबार सञ्चार मन्त्रालयले नियुक्तिपत्र दिएको उल्लेख छ ।

घिमिरे प्राधिकरणमा लामो समयदेखि आर्थिक विश्लेषण तथा उपभोक्ता हित संरक्षण शाखामा क्रियाशिल थिए। उनी प्राधिकरणको उपभोक्ता हित संरक्षण महाशाखा प्रमुखको भूमिकामा पनि रहेका थिए। घिमिरेले आजै प्रधिकरण पुगेर पदबहाली गर्ने भएका छन ।