आत्मदाहको प्रयास गरेका व्यवसायी राउतको निधन


काठमाडौं । काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ५० वर्षीय राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

प्रहरीका अनुसार आज बिहान भान्सामा गएर आफ्नो शरीरमा आगो लगाएका थिए । ​घटनापछि उनलाई गम्भीर अवस्थामा वीर अस्पताल पुर्‍याइएको थियो ।

उनको शरीर ५५ प्रतिशत जलेको र उपचारका क्रममा केही समयअघि मृत्यु भएको उपचारमा संलग्न डाक्टर पियुष दाहालले जानकारी दिए ।

सिराहाको लाहान स्थायी ठेगाना भई हाल बुद्धनगरमा बस्दै आएका राउत ‘सुपर वायर एण्ड स्टिल इन्डस्ट्रियल प्रालि’ र ‘दिब्यश्री ट्रेड कन्सर्न प्रालि’ का सञ्चालक थिए।

पारिवारिक स्रोतका अनुसार पछिल्लो समय व्यवसायमा आएको गिरावटका कारण उनी गम्भीर तनावमा थिए।

व्यवसाय व्यवस्थापनका लागि उनले ललितपुरको भैसेपाटीमा रहेको जग्गा बिक्री गर्न खोजेका थिए, तर विभिन्न कारणले जग्गा बिक्री हुन नसकेपछि उनी थप निराश बनेका थिए।