विराटनगरको भाटमटेनी सुपर मार्केट शनिबारदेखि सञ्चालनमा आउने

35
Shares

विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनी गरेर खरानी भएको विराटनगरको भाटभटेनी सुपर मार्केटको शाखा शनिबारदेखि सञचालनमा आउने भएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा उत्तेजीत भीडले तोडफोड र लुटपाटपछि आगजनी गर्दा भवन सहित करोडौ मूल्यका व्यापारिक सामान खरानी भएको थियो ।

एघार महिना लगाएर भवनको पूर्णमर्मत गरेर शनिवारदेखि सञ्चालनको आवश्यक तयारी गरिएको भाटभटेनी विराटनगर शाखाका व्यवस्थापक परशुराम तिम्सिनाले बताए ।

त्यसकालागि सोमबार पूजापाठ गरेर भवनमा व्यापारिक सामान राख्नेकाम सुरु भएको तिम्सिनाले जानकारी दिए । यो शाखामा कार्यरत करिव दुईसय कामदारलाई बन्द अवधिभरी कम्पनीले नियमित तलव उपलब्ध गराएर पुन काममा फर्काएको छ ।

भाटभटेनीको विराटनगर शाखा खुलेपछि एकै व्यापारिक थलोबाट उपभोक्ताले हरेक सामान खरिद गर्न सक्ने र सीमावर्ती जोगवनी बजार धाउन नपर्ने बताइएको छ ।